कोभिड –१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन नेपालले बेलायत सरकारलाई पत्र पठाउनु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले नेपालका ज्येष्ठ नागरिकले खोप अभावका कारणले दोस्रो मात्रा लगाउन नपाएको कुरा उल्लेख गर्दै पत्र पठाउने तायरी भएको जानकारी दिनुभए । ज्येष्ठ नागरिकको जीवनरक्षा गर्नका लागि समयमा नै दोस्रो मात्रा खोप लगाउनपर्ने भएकोले खोप उपलब्ध गराउन आग्रह गर्न लागिएको उहाँको भनाइ हो । मन्त्रालयले भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुबिधाले दुबैले तत्काल ‘कोभिशिल्ड’ खोप उपलब्ध नगराएपछि ‘कोभिशिल्ड’ विकल्पमा जस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ लगाउने निर्णय गरेका छन् । खोपको पहिलो मात्रा लगाएको कम्तिमा १२ देखि १६ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । सरकारले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकोले लगाउन केही फरक नपर्ने जनाएको हो । गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ बर्ष माथिका उमेर समूहका करिव साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *