शहिद स्व. सरोज प्रसाद कोईरालाको ४७ औं पुण्य स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । आईतवार नेपाली कांग्रेस धनुषाले कोईरालाको ४७ औं पुण्य स्मृति दिवसमा श्रध्दाञ्जली कार्यक्रम गरेको छ । नेपाली कांग्रेस धनुषा सभापति महेश शंकर गरीको सभातित्व एवम् पुर्व कृषि मंत्री राम कृष्ण यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा संघीय सांसद स्मृति नारायण चौधरी , पुर्व सांसदहरू दिनेश प्रसैला यादव , मुक्ता यादव , नेपाली कांग्रेस धनुषा उप सभापति संतोष यादव, जनकपुरधाम नगर समिति सभापति मनोज कुमार साह , क्षेत्र नं. ३ का क्षेत्रिय सभापति कन्हैया कर्ण, दिगम्वर राय, किशोरी साह, रविन्द्र सिंह, मदन ठाकुर, राम कृष्ण मंडल, उमेश साह, डा. चन्द्रमोहन यादव,गणेश तिवारी, युवा नेता प्रवेश चौधरी,अनिता श्रीवास्तव, संझना वर्मा,उषा पाण्डे पटेल , भूप नारायण यादव , जीत नारायण यादव लगायतका नेता एवम कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *