नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९६ औँ जन्मजयन्तिको अवसरमा जानकी वृद्धाश्रम जनकपुरमा बिहीबार फलफूल वितरण गरिएको छ । जे.पी. फाउण्डेशन धनुषाका संयोजक श्रीराम साहको अध्यक्षतामा भएको सो फलपूmल वितरण समारोहको प्रमुख आतिथ्य पूर्व सभासद डा. चन्द्रमोहन यादव थिए । कार्यक्रममा पूर्व सभासद यादवले स्व.नेता गिरिजा कोइराला माथि श्रद्धासुमन व्यक्त गर्दै भने – आजको दिनमा गिरिजा बाबु भएको भए नागरिकाता विधेयक लगायतका विवादीत कुराहरु आउने थिएन । उनले आफूसंग जुनै सहयोग चाहिए पनि सहयोग गर्न तयार रहेको बताए ।

जानकी वृद्धा आश्रम जानकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको वृद्धा आश्रमको उतर पट्टी रहेको करिब ३ कठ्ठा जग्गा रत्नसागरका महन्त वैकुण्ठ दासले भुमाफियासंग बेचेका थिए तर केही स्थानीयको सहयोगमा सो जग्गा बचाउनमा सफल भएको पुर्व सासंद यादवले बताए । नेता यादवले भने,’धेरै छिटो त्यो जग्गा वृद्धा आश्रमको उतर पट्टी रहेको वाल फोरेर आश्रमको कम्पाउनड वनाउने कागजी काम केही बाकी रहेको छ तर हामीहरु मिलेर धेरै छिटो काम गर्छौ । कार्यक्रममा नेपाली कांग्रेस धनुषा संचिव विश्वर यादव , जिल्ला सदस्य रामपुकार साफी नेवि संघका नेता संजिव यादव , संजय यादव , जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रमेश्वर साह,कांग्रेसका युवा नेता सुरेश कोइराला , जित बहादुर राउत लगायका उपस्थित रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *