बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीको गोली लागि दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय लम्की अगाडी नै प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका हुन् । घाइते मध्य एक जनाको अवस्था गम्भीर रहेको हो । प्रर्दशनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो । गोली लागेर गम्भीर घाइते हुनुभएका लम्कीका ३० वर्षका कृष्ण प्याकुरेललाई नेपाली सेनाको हेलीकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताउनुभयो । उहाँका अनुसार कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि प्याकुरेललाई हेलीकप्टरमार्फत काठमाडौं लगिएको हो । उहाँको पेटमा गोली लागेको हो । यस्तै अर्का घाइते १८ वर्षका दिपक सन्ज्यालको भने नेपालगञ्जमै उपचार भइरहेको छ । स्थानियहरुले प्रहरी चौकी घेराउ गरेपछी उनीहरुलाई तितरबितर बनाउन प्रहरीले हवाई फाइर गरेको थियो । मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की चौकस्थित टीकापुरतर्फ जादै गरेको ना ७ ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ का २२ वर्षका कमला देवकोटाको मृत्यु भएको थियो । चालकको लापरबाहीका कारण युवतीको मृत्यु भएको भन्दै परिवार र स्थानियहरुले लम्की चोकमा रहेको ट्राफीक प्रहरी र नेपाल प्रहरीको विटमा समेत आगजनी गरेका थिए । ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षका पुष्प कँडेललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *