अछामका कोरोना प्रभावित तथा विदेशबाट फर्किएका झण्डै ३ सय युवाले कृषि तथा पशु व्यबसाय गर्न अनुदान पाउने भएका छन् । सुुदुरपश्चिम प्रदेश सरकारको भुमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत अछामका २ सय ९८ युवाले १ करोड ९ लाख २९ हजार रकम अनुदान पाउनु भएको हो । पशुपालन तर्फ २ सय ६७ र कृषि व्यबसायतर्फ ३१ जना छनोट भएका छन् । पशुपालनतर्फ ९९ लाख ९९ हजार र कृषितर्फ ९ लाख ३० हजार गरी जम्मा १ करोड ९ लाख २९ हजार रुपैयाँ अनुदान छिट्टै उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *