रसुवाको नौकुण्डमा कृषि अुदान ऋणमा सम्झौता गरिएको हो । नौकुण्ड गाउँपालिका र ग्लोबल आइएमई बैंकबीच किसानलाई कृषि अनुदान ऋणमा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र गाउँपालिका अध्यक्ष नुर्वुस्याङवो घलेले हस्ताक्षर गरेका छन् । सो सम्झौता अनुसार बैंकले नौकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई गाउँपालिकाको सिफारिसमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने जनाएको हो । त्यसका लागि गाउँपालिकाले साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्ने गापा अध्यक्ष घलेले बताउनुभएका छन् । नौकुण्ड गापामा अधिकांश तामाङ समुदायको वसोवास रहेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *