जनकपुरका कुष्ठरोग पिडितहरुलाई निःशुल्क भोजन गराईएको छ । जनकपुरस्थित जिरोमाईलमा रहेको कोष्टी आश्रमका आपाङ्गहरुलाई निःशुल्क भोजन गराईएको छ । लियो क्लब अफ काठमाण्डौं ड्रिम्सको आयोजना र स्थानीय युवा समाजसेवी चन्दन ब्रहमचारीको सहयोगमा ६० भन्दा बढी जनालाई भोजन गराईएको हो । देश नै चाडवाडको रमझममा रमाईरहेको समय कुष्ठरोग पिडितहरु अन्ध्यारोमा रहेको समय एक दिन कुष्ठरोगीहरुसंग नै बिताईएको ब्रहमचारीले बताए ।

सोमवार बिहान ७ बजेदेखि शुरु भएको कार्यक्रम दिनको १ बजेसम्म जारी रहेको थियो । ज्गलनभच च्भष्भिा क्गउउयचतष्लन ज्बलमष्अबउ ब्लम ीभउचयअथ एभयउभि नाराका साथ क्लव तथा फाउण्डेसनले उनीहरुलाई भोजन गराईएको फाउण्डेसनका अध्यक्ष रोशन यादवले जनाए । कार्यक्रममा सहभागि कार्यक्रमका विशेष सहयोगकर्ता ब्रहमाचार्यले आश्रम आउन जाने बाटो जिर्ण रहेको भन्दै बाटोको जिर्णेद्धार गर्न अति आवश्यक रहेको भन्दै बाटो जिर्णेद्धार गर्न विशेष पहल गर्ने बताए । उनले आश्रमलाई विभिन्न तरिकाले सुविधा सम्पन्न बनाउने बताए ।

लियोका प्रिति झाको अगुवाईमा भएको कार्यक्रममा कार्यक्रममा जनकपुर महिला संजालका अध्यक्ष सुभद्रा आले, बाल क्लव प्रदेश २ का प्रमुख आसुतोस झा, लियो संजय कुमार महतो, क्षेत्रीय संयोजक लियो शुशिल महतो, लियो सुशान्त साह, फाउण्डेसनका कोषाध्यक्ष चन्द्रदेव साह, फाउन्डेसनकै प्रिया साह, जिल्ला युवा संजालका रक्की साह, लगायतको सहभागिता रहेको थियो ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *