फिफा विश्वकप तथा एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टिम आइतबार स्वदेश फर्कदै हो । छनोटको बाँकी रहेको तीन खेल खेलेर २३ खेलाडीसहित ३६ सदस्सीय नेपाली टोली आइबार स्वदेश आईपुग्ने छन् ।

नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं ओर्लने छन् । छनोटमा नेपालले चाईनिज ताईपे, जोर्डन र अष्ट्रेलियाको सामना गरेको थिए । नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेका थिए । यस्तै जोर्डनसँग ३–० गोल अन्तरले पराजित नेपाल अष्ट्रेलियाविरुद्ध समेत ३–० गोल अन्तरलेनै पराजित भएको थिए । नेपालको विश्वकपको तेस्रो चरण पुग्ने सम्भावना यसअघि नै सकिएको थिए । तर, नेपालको प्ले अफबाट एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *