चितवनको रत्ननगर नगरपालिकाले किसानको उत्थानका लागि पेडा पसल सञ्चालन गर्ने भएको हो । आगामी आर्थिक वर्षका लागि सार्वजनिक नीति तथा कार्यक्रममा ‘नयाँ बाजेको पेडा पसल’ सञ्चालन गर्ने उल्लेख हो ।

दूधबाट पेडा, खुवालगायतका पदार्थ बनाइ बेचबिखन गर्न पशुपालक कृषक सदस्य भएको सहकारीसँग लागत साझेदारीमा पेडा पसल सञ्चालन गर्न प्रोत्साहन स्वरुप बजेट बिनियोजन गरिएको रत्ननगर नगरपालिका प्रमुख नारायण वनले नीति तथा कार्यक्रम प्रस्तुतिमा जानकारी गराउनुभए । पेडाका लागि सर्लाहीको बरमझिया चर्चित मानिन्छ । दूधको विविधीकरण गरी कृषकहरुको आम्दानी बढाउने उद्देश्यले नगरपालिकाले नयाँ कार्यक्रम ल्याउन लागेको उहाँको भनाइ हो । कोभिडका कारण दूध र दुग्धजन्य पदार्थ बेचबिखनमा समस्या देखिएकाले दूधबाट पाउडर दूध बनाउने कारखाना रत्ननगर–९ मा यस अगाडि नै व्यवस्था गरिएको जग्गामा स्थापना गर्न प्रदेश सरकारसँग अनुरोध गर्ने समेत नगरपालिकाले जनाएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *