कार्तिक पूर्णिमाको अवसरमा जानकी मन्दिरमा हजारौँको संख्यामा श्रद्धालुभक्तजनको भिड लागेको छ । कार्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष समेत जनकपुरधाममा श्रद्धालुभक्तजनको भिड लागेको हो । कार्तिक स्थान गरेर श्रद्धालुहरु जानकी मन्दिरमा पूजापाठको लागि पुग्ने गरेका छन् । जनकपुरधामको गंगासागर लगायतका सरोवर तथा कमला नदीमा स्थान गर्न आएका श्रद्धालुभक्तजनहरु मन्दिरमा पुगेपछि भिड लागेको छ ।जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोसन दासले आज कार्तिक पूर्णिमाको अवसरमा हजारौँको संख्यामा भिड जुटेको बताए । उनले भने, ‘आज कार्तिक पूर्णिमामा मात्र हजारौँको संख्यामा श्रद्धालुहरुको भिड लागेको छ । यसले पनि हेराउँछ विवाहपञ्चमीमा कस्तो भिड हुन्छ भनेर ।’जानकी मन्दिरमा मंसिर १७ गते देखि विवाहपञ्चमी महोत्सव सुरु हुँदैछ । दुई वर्ष देखि कोरोना भाइरसको कारण महोत्सव प्रभावित हुँदै आएकोले यस वर्ष अत्याधिक श्रद्धालुहरु आउने अनुमान गरिएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *