काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा अब इजरायली प्रविधिबाट कृषिलाई आधुनिकिकरण गरिने भएको हो । जसका लागि पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच दुई पक्षीय साझेदारीका विषयमा छलफल भएको मेयर खरेलले जानकारी जानकारी दिनुभए । इजरायल र पाँचखाल नगरपालिकाबीच कृषि क्षेत्रलाई आधुनिकिकरण गर्ने र नयाँ प्रबिधी भित्र्याउने विषयमा छलफल भएको नगर प्रमुख खरेलले बताउनुभए । कृषिमा इजरायली प्रविधि, ज्ञान र सीप विश्वमै उत्कृष्ट मानिन्छ । त्यहि प्रविधिलाई पाँचखाल जस्तो उर्वर भूमिमा प्रयोग गर्न सके अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने साथै गुणस्तरीय तरकारी र फलफूल उत्पादन बढ्ने प्रमुख खरेलको विश्वास हो । पाँचखाल नगरपालिकाले बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै आएको हो । ‘पाँचखाल नगर–कृषि शहर’ मुल मन्त्र बनाएर नगरपालिकाले काम गर्दै आईरहेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *