अफगानिस्तानको काबुल विमानस्थलमा नागरिकलाई आवतजावत गर्न रोक लगाइएको हो । अमेरिका र बेलायतले सुरक्षाको खतरालाई ध्यानमा राखी मानिसहरुलाई काबुल विमानस्थलमा आवतजावत गर्नमा रोक लगाएको हो । आतंकवादी आक्रमण हुन सक्ने आशंका रहेको भन्दै दुबै देशका सुरक्षा अधिकारीले आफ्नो देशका नागरिकलाई विमानस्थलमा रोक लगाउँदै चेतावनी जारी गरेको हो । देशले आफ्ना हजारौं नागरिकका लागि अलर्ट जारी गर्दै काबुल विमानस्थल बाहिर र भित्र रहेका र आफ्नो मुलुक फर्कन चाहन्छन् उनीहरुलाई धैर्य धारण गर्न भनेको थिए । पछिल्लो १० दिनमा काबुलबाट ९२ हजार मानिसलाई सुरक्षित बाहिर निकालिएको छ भने ३१ अगस्टसम्म अमेरिका र बेलायतले आफ्ना सबै नागरिकलाई निकालिसक्ने बताएका छन् । तालिबानले अफगानिस्तान छोड्नका लागि अमेरिका र बेलायतलाई ३१ अगस्टसम्मको समयसीमा दिएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *