बैशाख , २३
धनुषाको शहिदनगर नगरपालिकाको आयोजनामा कानुन निर्माण विमर्श गोष्ठि सम्पन्न भएको छ । कमन ईन्टरनेशनल मिडिया प्रा.लि.को ब्यबस्थापनमा मानव विकास केन्द्र जनकपुरमा भएको सो गोष्ठीमा शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरवरिया यादबको अध्यक्षतामा कानुन निर्माण सम्बन्धि विमर्श भएको छ । गोष्ठीबाट शहिदनगर नगरपालिकाको लागि आवश्यक कानुन निर्माण गरिने जनाईएको छ । गोष्ठीमा प्रदेश नं. १ का सांसद तथा कानुन विधायक वरिष्ठ अधिवक्ता लिला वल्लभ अधिकारी , विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेल , नगर उप प्रमुख शिला देवी कापर, उच्च आदालत वार एसोसिएसन विराटनगरका पुर्व सचिव वरिष्ठ अधिवक्ता नारायण दहाल , प्रदेश नं.२ प्रदेश कानुन मंत्रालयका नि.सचिव कानुन विज्ञ अरूण कुमार झा,कानुन अधिकृत सुरेन्द्र महतो,शहिदनगर सुरक्षा निकाय प्रमुख द्वय दिलेन्द्र खत्री, कृष्णमान तमाङ्ग, स्वास्थ्य संयोजक राम छविला यादव , कृषि शाखा संयोजक राम नरश चौधरि,वडा अध्यक्षहरू लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *