कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आईतवारदेखि लगाइँदै हो । आईतवार बिहान १० बजेदेखि निर्धारित केन्द्रबाट खोप लगाउने कार्यक्रम रहेको बताइएको हो । खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा ३२ वटा खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै यसअघि पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिने बताएको छ ।

चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकले आईतवारदेखि खोप लगाउन पाउनेछन् । खोपका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र तथा पहिलो डोजको खोप लगाएको कार्ड देखाएपछि तोकिएकामध्ये पायक पार्ने खोप केन्द्रमा गएर खोप लगाउन सकिने बताइएको हो । खोप बिहान १० बजेदेखि साँझ ४ बजसम्म लगाउन पाइनेछ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *