काठमाडौंको सिनामंगलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । एक जना घाइते भएका छन् । गएराति बा ४ ख ८७२५ नम्बरको टिपरले बागमती प्रदेश ०२०३० प ९५४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक पर्साका २६ वर्षका सुनिल प्रसाद महतोको मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको हो । दुर्घटनापछि घाइते भएका महतोको उपचारको क्रममा काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको हो । उहाँ पठाओ राइडर भएको प्रहरीले जनाएको हो । दुर्घटनामा घाइते भएका ललितपुर टिकाथली बस्दै आएका रामेछापका ३० वर्षका अम्बर बहादुर पहरीको उपचार भइरहेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *