बढ्दो कोरोना सङ्क्रमण दर र भावी योजनाका बारेमा छलफल गर्न काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै हो । काठमाडौँ, भक्तपुर तथा ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढेसँगै आगामी कदमबारे निर्णय गर्न संयुक्त बैठक बस्न लागेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताउनुभए । गृहमन्त्रालयसँगको समन्य गरेर बैठक बस्ने तयारी भएको उहाँको भनाइ हो । बैठकले बढ्दो सङ्क्रमण रोकथामका लागि चाल्न सकिने आगामी कदमबारे निर्णय गर्ने जनाइएको हो । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय भने सोमबारबाट एक साताका लागि बन्द हुने भएका छन् । आईतबार काठमाडौं, ललितपुर, भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *