जनकपुरधाम । आन्तरिक विवादका कारण सर्लाही, बारा, सप्तरी र महोत्तरीका केहि क्षेत्रबाट मतदाता नामावली नआएकाले नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय गरिएको छ । आइतवार जनकपुरमा बसेको पार्टीका केन्द्रीय, जिल्ला, क्षेत्रिय नेताहरु र प्रदेश मन्त्रीहरुको बैठकले प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय गरेको प्रदेश निर्वाचन अधिकृत प्रह्लाद गौतमले जानकारी दिए ।‘केन्द्रबाट प्रदेश महाधिवेशन स्थगित गर्ने निर्देशन आएको छैन,’ उनले भने, ‘त्यसैले स्थगित भयो भन्न मिल्दैन । पार्टीका नेताहरुको बैठकले मात्र प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय गरेका छन् ।’उनले थपे, ‘केहि जिल्लाबाट मतदाता सूची नै आएको छैन । दुई दिनभित्र आए प्रदेश अधिवेशन गराउन सकिन्थ्यो । तर विवाह पञ्चमीमा सबै व्यस्त रहने भएकाले त्यो पनि सम्भव देखिएन । र २४ गते महाधिवेशन नै सुरु हुन्छ । त्यसैले अब महाधिवेशन अघि प्रदेश अधिवेशन गराउन सम्भव छैन ।’शुक्रवार नै जनकपुरमा प्रदेश अधिवेशनको उद्घाटन सत्र सम्पन्न गरिएको थियो । तर प्रदेश २ का ६ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि चयनमा चरम विवाद देखिएकाले प्रदेश अधिवेशन स्थगित गर्नुपरेको प्रदेश २ का सांसद नरेश यादवले जानकारी दिए । उनका अनुसार सर्लाहीको चारवटै निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र ४, रौतहटको निर्वाचन क्षेत्र ४ र महोत्तरीको क्षेत्र नम्बर ३ को अधिवेशनमा विवाद देखिएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *