नेपाली कांग्रेस धनुषाले प्रजातान्त्रिक आन्दोलनका महानायक जननेता विशेश्वर प्रसाद कोइरालाको ३८ औ स्मृति दिवसको अवसरमा मंगलवार वृक्षारोपण कार्यक्रम गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित जनक राष्ट्रिय प्राथमिक विद्यालयको प्रांगनमा विभिन्न प्रजातिका विरुवाहरु रोपी कांग्रेस धनुषाले स्मृति दिवस मनाएको हो । नेपाली काँग्रेस धनुषाका सभापति महेशशंकर गिरीको अध्यक्षतामा भएको सो वृक्षारोपण कार्यक्रममा निम , आँप , कटहर , अमला सहितका विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको छ ।

कार्यक्रममा धनुषा सभापति गिरीले प्रजातान्त्रिक आन्दोलनमा महानायक जननेता बिपी कोईरोलाको योगदानको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा पूर्व सांसदद्वय रामकृष्ण यादव , डा.चन्द्रमोहन यादव , कांग्रेस धनुषाका उपसभापति संतोष यादव , सचिव विशेश्वर यादव , ३ नं.का क्षेत्रिय सभापति कन्हैया , जनकपुरधाम उपमहानगरपालिकाकका मेयरका प्रत्यासी एवम नगरसभापति मनोज साह, पूर्व नगर प्रमुख बजरंग साह , पुर्व नगर उपप्रमुख किशोरी साह, औरही गाउँपालिका अध्यक्ष ब्रह्मदेव यादव , वरिष्ठ नेता गणेश तिवारी , पूर्व जिल्ला सचिव कोमलकान्त झा , जिल्ला सदस्य उमेश साह , मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी , क्षेत्र नं. ३ ख का उपसभापति शिवजी राय , नगर सचिव रबिन्द्र सिंह , कमला बचाउ अभियानी बिक्रम यादव , कांग्रेस वडा नं. ८ का सभापति सुखचन्द्र मिश्र (मालिक भाई) सचिव शम्भुनाथ झा , रामनरेश सिंह , नेवि संघका पुर्व केन्द्रिय संजीव यादव , नेपाल महिला संघकी केन्द्रिय सदस्य निलम कर्ण , महिला नेतृ किरण झा , युवा नेता ज्ञानु मंडल , बिनय राय सहितका व्यतिmहरुको सहभागिता रहेको थियो ।

त्यसै गरि बिपी विचार राष्ट्रिय समाज धनुषाले पनि प्रजातान्त्रिक आन्दोलनका महानायक जननेता विशेश्वर प्रसाद कोइरालाको ३८ औ स्मृति दिवसको अवसरमा वृक्षारोपण गरेको छ । स्थानीय जानकी माध्यमिक विद्यालयमा विपीको तस्विरमा माल्यार्पण गरी वृक्षारोपण गरिएको समाज धनुषाका अध्यक्ष सुरेश कोईरालाले बताए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *