मुलुकभर नेपाली कांग्रेसको खोजी भईरहेको नेपाली कांग्रेसका उपसभापति विमलेन्द्रले बताएका छन । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति निधिले नेपाली कांग्रेस सतामा रहि रहोस जनताको चाहना भएको दाबी गरे । ’पूरै देश नेपाली कांग्रेसलाई एकटकले हेरिरहेको छ,’ उपसभापति निधिले भने, ‘त्यसैले एक डेढ वर्षपछि हुने आगामी निर्वाचनलाई देश र नेपाली जनता व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेको छ।’ उपसभापति निधिले थपे, ‘सो निर्वाचनमा नेपाली कांग्रेसलाई बढीभन्दा बढी मत दिएर देशको बागडोर नेपाली कांग्रेसलाई सुम्पन नेपाली जनता तयार छ।’ उनले देशले कांग्रेसलाई सत्ता सुम्पन चाहिरहेको अवस्थामा त्यसलाई गन्तव्यसम्म पु¥याउने जिम्मेवारी कांग्रेसीहरुको काँधमा आएको बताए । उपसभापति निधिले यसअघिको निर्वाचनमा अन्य दललाई मत दिएर त्यसको दुषपरिणामा नेपाली जनताले भोगिसकेको बताउँदै विगत तीन वर्षमा नेपाली जनताले देखेको अराजकता फेरी हेर्न नपरोस चाहिरहेको बताए। ’अन्य दलको हातमा सत्ता गएकै कारण देशको सम्पूर्ण अंग कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिका अस्तव्यस्त छ,’ उनले भने, ‘देशमा अराजकता बढेको छ, व्यक्तिगत जीवनसम्म दुश्कर भइसकेको छ, देशमा गरिबी, महँगी बढेको बढ्यै छ।’उपसभापति निधिले आफूलाई सभापतिमा एकपटक अवसर दिएर आफूभित्र रहेको कमी कमजोरी सच्याउने अवसर प्रदान गर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । दसैं मनाउन काठमाडौँबाट गृहनगर जनकपुरधाम आएका उपसभापति निधिले कांग्रेसको १४ औँ महाधिवेशनमा आफूलाई सभापतिको दाबेदारको रुपमा प्रस्तुत गर्दै उनले यसका लागि पनि विगतका कमीकमजोरी सच्याउँदै हातेमालो गर्दै आफू अघि बढ्न तयार रहेको बताए । उनले आफू कांग्रेसको सभापति भएपछि ’गाछी’ (रुख) छापलाई अत्यधिक बहुमतका साथ जिताउने दाबी गरे। उनले आफू जनकपुरधाम आउनुपूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेर आएको जानकारी दिदैँ उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले पूर्णता नपाउँदा चिन्तित हुनु हुन्छ।’ उनले प्रधानमन्त्रीलाई चाँडै नै सरकारलाई पूर्ण दिनका लागि आग्रह गरेर आएको जानकारी दिए ।


नेता निधीलाई कार्यक्रममा नेपाल कांग्रेस जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ वडा कमिटिले २५ किलोको माला लगाएर स्वागत गरेका छन । वडा नं. ८ वडा सभापति सुखचन्द्र मिश्र (मालिक भाई) , सचिव शम्भुनाथ झा , रबिन्द्र सिंह लगायतका कांग्रेसका नेता कार्यकर्ताहरुले २५ किलोको माला लगाएर स्वागत गरेका हुन ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *