किशोर कुमार मंडल

अषाढ ३१

पुर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले धनुषाको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । नेता नीधिले मंगलबार धनुषाको नगराईन नगरपालिका , मुखियापटी मुसहरनिया गाउंपालिका , औरही गाउंपालिका , धनौजी गाउंपालिका सहितका स्थानहरुमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका हुन् ।

बाढीका कारण धनुषाको अधिकांश सडक मार्ग जीर्ण बनेको छ भने पुल बाढीले बगाउंदा आवागमन समेत प्रभावित भएको छ । नेता नीधि संगै अवलोकनमा नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव ,धनुषा सभापति महेश शंकर गिरी , नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ३ का सभापति कन्हैया कर्ण , जनकपुरधाम नगर कमिटि अध्यक्ष मनोज साह , दिगम्बर राय , वरिष्ठ पत्रकार रामभरत साह , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन सिंह , जिल्ला सदस्य प्रवेश चौधरी , तरुण दलका उपाध्यक्ष राकेश बिक्रम शाह सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

यता नेपाली कांग्रेस प्रदेश २ का सांसदहरुले बाढी प्रभावितलाई १० दिनको तलब दिने मंगलवार निर्णय गरेका छन् । मंगलबार पार्टी उपसभापति निधिको उपस्थितिमा प्रदेशसभा भवनमा बसेको संसदीय दलको बैठकले बाढी प्रभावितलाई नेका सांसदले १० दिनको तलब सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेत उपेन्द्र कुशवाहाले जानकारी दिएका छन ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *