नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएका छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट खाँण र कार्कीको नाम सिफारिस भएको हो ।
देउवाले मंगलबार साँझ पद तथा गोपनीयताको सपथ लिँदैछन् । प्रधानमन्त्रीको सपथ लगत्तै मन्त्रीहरुको पनि सपथको तयारी भएको जनाइएको छ ।पूर्वरक्षामन्त्री खाँण कांग्रेस संसदीय दलका प्रमुख सचेतक हुन् भने कार्की देउवा नेतृत्वको अघिल्लो सरकारमा अर्थमन्त्री थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *