नेपाली काँग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूको कोरोना जाँचका लागि सोमबार स्वाब सङ्कलन गरिने भएको हो । पार्टी कार्यालय सानेपामा मध्यान्ह् १२ देखि दिउँसो ३ बजेसम्म स्वाब सङ्कलनका समय मिलाइएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभए । पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य, सचिवालयका कर्मचारी र नेताहरूको सुरक्षामा खटिने सुरक्षाकर्मी गरी २ सयभन्दा बढीको स्वाब सङ्कलन गरिने हो । रिपोर्ट आएपछि भोलि वा पर्सिमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी काँग्रेसको हो । आईतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले नेताहरूको कोरोना जाँचपछि मात्रै केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको थियो

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *