नेपाली काँग्रेसको पदाधिकारी बैठक अहिले बिहान बस्ने भएका छन् । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने हो । बुधबारको बैठकमा सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा तथा आगामी रणनीतिबारे छलफल हुने सहप्रवक्ता डा. प्रकाशसरण महतले बताएका छन् । बैठकमा पार्टी सभामपतिले हिजो विपक्षी गठबन्धनको बैठकका बारे समेत पदाधिकारीलाई जानकारी गराएका छन् । साथै, आजको बैठकमा पार्टीको आसन्न १४औं महाधिवेशनबारे समेत छलफल हुने महतले बताएका छन् ।
सम्बन्धित खवर

बझाङको साइपाल गाउँपालिकामा खाद्यान्न सङ्कट

नेपाल प्रहरीका २२ एसपीको सरुवा, को कहाँ पुगे हेर्नुस्

राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आउन थाल्यो, सबै सिटको परिणाम बुधबार आउने

प्रदेश २ ः अधिकांश मन्त्रालय सचिव विहीन, मन्त्रिपरिषद् बैठक नै बस्न सकेन

आईपीएल क्रिकेट लिगमा बुधबार चेन्नई र हैदरावादबीच खेल हुने
