जनकपुरको बजरंग चोेक स्थित ग्यालेकसि उच्च माध्मामिक विदयालयका दिउसो सञ्चालन हुने कक्षा १ देखि सात सम्मका विद्यार्थिहरुले विद्यालय प्राङगणमा कला र विज्ञान विषयका विविध कार्यक्रम सञ्चालन गरी विद्यालय शिक्षक तथा अभिभावकहरुलाई हर्षित बनाएका हुन् । कला र विज्ञान गरी दुई विधामा विभाजन गरीएको उक्त कार्यक्रममा कागजका विभिन्न सामग्री निर्माण गरिएको थियो । आफनै घर वरपर खेर गएका वस्तुहरु प्रयोग गरी विज्ञानका विभिन्न सामग्री तयार पारिएको उत्तर कार्यक्रममा लबालिकाहरुले वर्षौदेखि प्रचलित मिथिला चित्रकला समेत दर्शाएका थिए ।

image description

दिउंसोको कक्षामा मात्र गरी ३० जना सहभागी उक्त कार्यक्रममा कलातर्फ १ का अभिषेक मंडल , कक्षा २ की सोनी महरा , कक्षा ३ का कृष्णा ठाकुर , कक्षा ४ की आचंल ओझा , कक्षा ५ को राहुल शर्मा प्रथम भए भने कक्षा १ का विमल संदग , कक्षा २ का इशान्त पाण्डे , कक्षा ३ का आयुष साह , कक्षा ४ की तानिमा यादव , कक्षा ५ की सन्ध्या पाठक दोस्रो । त्यस्तै गरी कक्षा १ का रविन महरा ,कक्षा २ का पंकज चितन , कक्षा ३ का आशिक यादव , कक्षा ४ का सुशान्त शर्मा, कक्षा ५ की लकी चौधरी तेस्रो भए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *