कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन शुक्रबार सुरु हुँदैछ । दिउँसो २ बजे प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनुहुने हो । एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लाग्नुभएको प्रदेशसभा सचिवालयले जनाएको हो । नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीमा शाहीलाई विश्वासको मत दिन बिहिबार नै अपिल गरेको छ । ३९ सदस्यीय कर्णाली प्रदेशसभामा माओवादीका १२, एमालेका २०, काँग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक पर्छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *