राहुल कुमार सिंह
श्रावण ५ गते
मधेसी आयोगका अध्यक्ष डा.विजय दत्तले कमला नदी संरक्षणको मुद्दा केन्द्र सरकार समक्ष राख्ने प्रतिवद्धता व्यत गरेका छन । शनिवार कमला बचाउ अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दत्तले कमला नदीको पौराणिक ईतिहास रहेको तथा तराई मधेशको लाईफलाईनको रुपमा रहेको बताएका छन । कलमा बचाउन अभियानका संयोजक विक्रम यादवले आफुहरु निस्वार्थ भावनाले अगाढी बढाएको कमला बचाउ अभियानलाई सबैको सहयोग आवश्यक रहेको बताएका छन । कमला नगरपालिका उनले कमला बचाउ अभियानबाट सबै लाभान्वित हुने बताउंदै यसमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

कमला नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मो.समशुल मिँयाको अध्यक्षतामा भएको सो अन्तरक्रियामा कमला नगरपालिकाका नगर प्रमुख रामउदगार गोईतले कमला बचाउन अभियान प्रशंसनीय रहेको भन्दै राजनीतिकरण नगरी विशुद्ध समाज सेवाको भावनाले संचालन गर्न सके निकै नै प्रभावकारी हुने बताए । आफनो नगरपालिकासंगै टासिएको कमला नदीको संरक्षणका लागि आफु अग्रसर रहेको उनले बताए ।

कार्यक्रममा शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरियाले कमला बचाउको अभियान समाजसेवामा समर्पित रहेको भन्दै अभियानीहरुले अभियानलाई विश्राम नदिन आग्रह गरे । कमलाको संरक्षणका लागि आफु नीति तथा कार्यक्रमबाटै बजेट बिनियोजन गरेको बताए । कार्यक्रममा अभियानीहरुलाई कमला बचाउ अभियान लेखिएको टिसर्ट समेत वितरण गरिएको छ । अभियानका संयोजक यादवको पहलमा उतm टिसर्ट वितरण गरिएको हो ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *