शनिवार कमला बचाउ अभियान द्वारा कमला नगरपालिका वडा न.६ मडान स्थित कमला-कुम्भ घाटमा अन्तर्क्रिया र कुम्भको बिशेषता बारे चर्चा गरियो, कार्यक्रमको अध्यक्षता बाबा रामकुमार दासकाे रहेकाे थियो । कार्यक्रममा कमला अभियानको संयोजक बिक्रम यादव, वडा न.६ का अध्यक्ष समसुल मिया , वडा न.९ का अध्यक्ष धर्मनाथ मण्डल , रेल्वे ट्रैक सरसफाई अभियन्ता तथा महिला अभियानी रुबी झा,रेलवे ट्रैक सरसफाई अभियन्ता तथा स्वक्षता अभियन्ता दिपक चौधरी,महिला अभियाणी मोती झा,युवा नेता त्रिदेव मिश्रा, अभियानी अजय झा,राहुल झा, स्थानीय समाजसेवी उमेश मण्डल ,कमला अभियान सचिब बिनोद महारा,बालेस्वर महतो, सुरेन्द्र यादव , युवा नेता राजकिशोर यादव ,राजकिशोर सल्लहैता द्वारा कमला-कुम्भ मेला भ्रमण गारियो तथा स्थानीय साधु सन्त सँग बिचार विमर्श गारियो। कार्यक्रममा अभियन्ता हरु द्वारा कमला बचाउने बारे र कमला नदीको बिशेषता औचित्यको आफ्नो बिचार र धरना रखियो। कार्यक्रममा नागरिक समाज,बुद्विजिवी र किसान,श्रद्धालु लगायतको उपस्थिति थियो।
कार्यक्रममा उपस्थिति अभियन्ताहरु द्वारा कुम्भमा सहभागी साधु संतलाइ गमछा ओढाई सम्मान गारियो,साथै कमला अभियान संयोजक बिक्रम यादव द्वारा कुंभ मेलामा भक्तजनको भंडाराको लागि ५०kg चावल कुम्भमेला मूल पुजारी संयोजक बाबा रामकुमार दास लाई प्रदान गारियो।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *