धनुषाको शहिदनगर नगरपालिकाको वडा नं. १ को रामघाट स्थित पोखरीको डिलमा शनिवार वृक्षारोपण गरिएको छ । कमला बचाउ अभियानको आयोजनामा भएको सो वृक्षारोपण कार्यक्रममा राजवृक्ष , साल , निम , गुलमोहर लगायतका विभिन्न प्रजातिका बोटहरु लगाईएको छ । कार्यक्रममा ५०० जना साधुसन्तहरुको लागि भन्डार(भोजन)को व्यवस्था समेत गरिएको कमला अभियानी बिरेन्द्र यादवले बताएका छन । कमला अभियानको पहलमा कमला नदीको किनारमा पोखरी निर्माण गरिएको छ । पर्यटकहरुको मनोरंजनलाई ध्यानमा राखी कमला अभियानीहरुको श्रम योगदानबाट दुई वटा पोखरी समेत निर्माण गरिएको कमला अभियान संयोजक बिक्रम यादवले जानकारी दिएका छन । पोखरीहरु पर्यटकहरुलाई आकर्षित गर्ने र कमलातिर जाने पर्यटकहरुको संख्या बढाउन समेत मदत गर्ने उनले बताए ।

कमला अभियानको पहल र शहिदनगर नगरपालिकाको सहयोगमा प्रदेश सरकारको सशर्त अनुदानबाट निर्माण भएको कमला अभियान धर्मशाला , कार्यालयको शहिदनगर नगरपालिकाका नगरप्रमुख उदय कुमार बरबरिया यादवको नेतृत्वमा अनुगमन समेत गरिएको छ । साथै अभियानका संयोजक बिक्रम यादवले कमला नगरपालिकाको कमला नदी छेउमा निर्माण गरिएको तटबन्धको अनुगमन गरेको छ । कार्यक्रममा शहिदनगर नगरपालिकाका नगरप्रमुख उदय कुमार बरबरिया यादव ,कमला बचाउ अभियानका संयोजक बिक्रम यादव , कमला अभियानीहरु बिरेन्द्र यादव , राजकिशोर सल्हैता , नेपाल प्रेस युनियन धनुषाका सदस्य पत्रकार किशोर मण्डल , सुरेन्द्र यादव लगायतका कमला अभियानीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *