नेपाली काँग्रेसले शनिवार कमला नगरपालिकासहित देशभरका ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेले गरेको चरणवद्ध आन्दोलनको घोषणा अन्तर्गत शनिवार विरोध प्रर्दशन गरिएको नेपाली कांग्रेस कमला नगरपालिका नगर प्रमुख राम उदगार गोइतले बताएका छन ।

पूर्व घोषित कार्यक्रम अन्तर्गत आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन गरिएको हो । नेपाली कांग्रेस कमला नगरपालिका नगर सभापति शिव शंकर यादवको नेतृत्वमा कमला नगरपालिका वाड नं- ९ दुबरकोठ हाथलेट्वाबाट निस्केको मोटरसाइकल जुलुस नगरको सखुवा , लकर , सघरा , लगमा, माची, सराबे, तेलीयाहा सहित नगरको विभिन्न भागको परिक्रमा गर्दै मङराहा चोकमा पुगी कोण सभा भएको थियो । कोणसभालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व कृषि मन्त्री राम कृष्ण यादव, नेपाली कांग्रेस धनुषा सचिव विशेश्वर यादव, प्रदेश सभा २(१) प्रत्यासी राजेश्वर गोइत, कमला नगरपालिका नगर प्रमुख राम उदगार गोइत, वडा अध्यक्ष धर्मनाथ मण्डल, मनोहर ठाकुर लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
संसद विघटनको कार्यलाई नेपाली काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । यस अघि काँग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *