धनुषाको कमला नगरपालिकाका कार्यपालिका सदस्य र वडा सदस्यहरु आन्दोलित भएका छन । आईतवार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले नगर प्रमुख रामउदगार गोइत र नगरपालिकाका ९ वटा वडाध्यक्षहरुले मिलेर कुनै जानकारी नदिई वर्षौदेखि नगरको योजनादेखि अन्य कार्यसम्पादन गर्दै आएको आरोप लगाएका छन । कमला नगरपालिकाका प्रमुख रामउदगार गोइतलाई उपमेयरको नेतृत्वमा ५० सदस्यीय कार्यपालिका र जनप्रतिनिधीहरुको टिममध्ये ३७ जनाले भदौ २ गते नै ३५ बुन्दे माग राख्दै ज्ञापन पत्र बुझाएको कार्यपालिका सदस्य विनोद रामले पत्रकार सम्मेलनमा बताएका छन । बहुमत कार्यपालिका सदस्य र जनप्रतिनिधीहरुले भदौ २ गते नै बुझाएको ज्ञापन पत्र बुझदै मेयर गोइतले १५ दिन भित्रमा छलफल गरि सम्बोधन गर्ने प्रतिवद्धता जाहेर गरेको भएपनि भदौ २८ गतेसम्म कुनै खोजी निति नगरेपछि बाध्य भएर पत्रकार सम्मेलन गरि संचारमाध्यमलाई गुहार्नु परेको उपमेयर शिला देवी मंडलले आयोजित पत्रकार सम्मेलनमा गुनासो पोखेका छन । आयोजित पत्रकार सम्मेलनमा कार्यपालिका सदस्य विनोद रामले नगरपालिकाले दिएको विभिन्न योजनाको काम सम्पन्न गरि सकेका ५५ वटा योजनाका उपभोत्ता समितीको चेक अहिलेसम्म नदिएको आरोप लगाएका छन । मेयर र वडाध्यक्षहरु मिलेर गोप्य तरिकाले योजनाको रकम दुरुपयोग गर्दै आएको र कार्यपालिकाको बैठक समेत नगरि आफु राजीखुशी खर्च गर्दै आएको वडा नं. १ का जननिर्वाचित सदस्य विन्देश्वर यादवले गुनासो गरे । कमला नपा –९ का वडा सदस्य रामसती देवी मंडलले कमला नगरपालिकाले मेयर र वडाध्यक्षहरु मिलेर नरक पालिका बनाई दिएको आरोप लगाउनुभयो । उहाँले आफुहरुलाई उपभोक्ता समितीका व्यक्तिहरुले योजनाको रकम भुत्तानी नहुँदा हामीले नै चेक रोकाएको आरोप खेप्नु परि रहेको बताए । वडा सदस्य श्रीकृष्ण मंडलले कार्यपालिका बैठक नगरि योजना र विभिन्न कामहरुमा लाखौ लाख रकम दुरुपयोग गर्दै आएको आरोप लगाउनुभएको छ । वडा नं. १ का वडा सदस्य रामभरोस कापरले नगरसभा भन्दा पहिले नै सदस्यहरुलाई हाजिरी गराएर हामीलाई झुक्याउँदै सहि छाप गराउँदै आएको खुलासा गरेका छन । वडा नं. ७ का वडासदस्य हेमा देवी महतोले नेपाली काग्रेसबाट जितेका वडाध्यक्ष तपेश्वर यादवले वडा सदस्यमा तत्कालिन फोरम हाल जसपाबाट निर्वाचित २ जना वडा सदस्यहरुलाई कहिल्यै नबोलाई बैठक गरि योजना र रकम बाडफाँट गर्दै आएको आरोप लगाउनुभएको छ । उनले अहिलेसम्म हामीलाई बैठकमा कहिल्यै उपस्थिती नगराएको समेत बताएका छन । वडा नंं १ का वडा सदस्य संगिता देवी मंडलले हामीलाई न त वडाबाट योजनाबारे जानकारी गराउँछ न त नगरपालिकाले गराउँछ । हामीलाइ नगरसभामा बोलाएर सही छाप गराउँदै आफु राजी खुशीका योजना ल्याई रकम बाँडफाँट गर्दै आएको दुखेसो व्यक्त गरेका छन । मेयरले नगरमा ल्याएको विभिन्न योजना र कामहरु गुणस्तरिय रुपमा सम्पन्न हुन नसकेको र हालसम्म नगरपालिकामा जनताको स्वास्थ्य र सुरक्षाका निम्ति एम्बुलेन्स र वारुण यन्त्र किन्न नसकेर यहाँका सर्वसाधारण जनताले एम्बुलेन्सको लागि अन्य पालिकालाई गुहार्नु पर्ने बाध्यता रहेको कार्यपालिका सदस्य विनोद रामले गुनासो गर्नुभयो । आफुहरुले मेयरलाई बुझाएको ३५ बुन्दे मागबारे सम्बोधन नभएको खण्डमा कमला नगरपालिकाको नगरपरिषदमा आफुहरुले उपस्थिती नहुने उपमेयर शिला देवी मंडलले बताउनुभयो । मेयरले आफुहरुलाई पटक पटक आश्वासन दिएर ठगि गर्र्देै आएकाले बाध्य भएर आफुहरु जनताको सुख दुःख मिडियामार्फत बाहिर ल्याउनुपर्ने बाध्यता रहेको कार्यपालिका सदस्य विनोद रामले आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । उपमेयरसहित ३७ जना जनप्रतिनिधीले गरेको पत्रकार सम्मेलनमा उठाएकोे सवालबारे कमला नगरपालिकाका प्रमुख मेयर रामउगार गोइतसंग प्रतिक्रिया लिन खोज्दा उहाँले यसबारे केही बोल्न चाहनुभएन । संचारकर्मीले गरेको फोन मेयर गोइतले काट्दै यसबारे आफुलाई केही जानकारी नभएको बताउनुभयो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *