सरकारले शुक्रबारदेखि काठमाडौँ उपत्यकामा कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्दैहो । कक्षा ११ र १२ मा अध्ययनरत साथै विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभए । १८ वर्ष पूरा भएका र परीक्षाको प्रवेश पत्र भएका विद्यार्थीले खोप लगाउन पाउने उहाँले बताउनुभए । नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या ४८ लाख १७ हजार ९ सय ८५ पुगेको हो । जसमा ३७ लाख ८ हजार ६ सय ८८ जनाले पूर्ण मात्रा लगाइसकेका छन् । गत वर्ष माघ १४ गतेबाट खोप अभियान सुरु भएको थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा मात्रै देशभर ९१ हजार ११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप अभियानलाई थप प्रभावकारी बनाउनका लागि चीन, जापान लगायतका मुलुकबाट केही दिनभित्रमा थप खोप नेपाल आइपुग्ने डा गौतमले जानकारी दिनुभए । उहाँका अनुसार चीनबाट शुक्रबार १६ मात्रा कोरोनाविरुद्धको खोप आइपुग्दैछ भने जापानबाट पर्सिसम्ममा थप खोप आइपुग्दैछ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *