असार , १४
नेपाली कांग्रेस प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादवले नेपाली कांग्रेसले गरेका कामहरु वारे आम जनमानसमा जानकारी गराउन नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन । उनले कांग्रेसकै नेतृत्वमा विकासको लहर आएको तर प्रचार प्रसारको अभावमा आम जनताले जानकारी पाउन नसकेको भन्दै उनले प्रचार प्रचारतर्फ अग्रसर हुन उनले आग्रह गरेका हुन ।
शनिवार नेपाल टे«ड युनियन कांग्रेस धनुषाले आयोजना गरेको टे«निंग वर्कसप एण्ड ईन्डस्ट्रियल रिलेसन कार्यक्रमको उदघाटन सत्रलाई सम्बोधन गर्दै नेता यादवले ओली सरकार सर्वसतावादी र लोकतन्त्रको मुल्य मान्यता विरोधी रहेको बताए । वर्तमान सरकार जनताको हितमा केही गर्न नसकेको आरोप लगाउंदै उनले सरकारले लोकतन्त्र र संघीयता समाप्त पार्न खोजेको बताए ।
नेपाल टे«ड युनियन कांग्रेस धनुषाका अध्यक्ष महावीर दासको अध्यक्षतामा भएको सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार दुई तिहाइको दम्भमा अधिनायकवादतर्फ उन्मुख रहेको बताएका छन् ।
कार्यक्रममा नेपाल टे«ड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रसाद यादव , लक्ष्मण प्रसाद कुर्मी , नेपाली काग्रेस धनुषा सचिव विशेश्वर यादव , जनकपुरधाम नगर सभापति मनोज साह सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *