नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको लडाइँ अग्रगमन र प्रतिगमनबीचको भएको बताउनुभएको छ । आज राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा प्रचण्डले अहिले लडाइँ पदका लागि नभएर अग्रगमन र प्रतिगमनको भएको बताउनुभयो ।हाम्रो लडाइँ पदको लागि हैन, विचार, सिद्धान्त, प्रणालीको लागि हो, उहाँले भन्नुभयो । अहिले आफूहरु जनताको पक्षमा गएको भन्दै प्रचण्डले ओली जनताबाट टाढिएको दाबी गर्नुभयो । आफुहरु जनताकोर संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा गएको प्रचण्डको भनाइ हो । पुस ५ देखि नै प्रतिगमनका विरुद्ध लडाइँ सुरु भएको र अहिले प्रतिगमकारी हार्ने वातावरण बनेको प्रचण्डले बताउनुभयो । अध्यक्ष प्रचण्डले पछिल्लो समय ओली रक्षात्मक भएको दाबी पनि गर्नुभयो । प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाको प्रचण्ड– नेपाल समूह दोस्रो चरणको आन्दोलनमा छ । यो समूहले माघ २८ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।यस्तै अर्का अध्यक्षमाधवकुमार नेपालले विगतमा भएका कमी कमजोरी सच्चाउने प्रतिबद्धतासहित स्वेत पत्र जारी गर्ने बताउनुभएको छ । विगतमा भएका त्रुटिहरु सच्चाउने प्रतिबद्धता गरौँ, प्रतिबद्धता पत्र जारी गरौं , उहाँले भन्नुभयो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *