३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदमा हालसम्म २ सय २६ स्वर्ण पदकको छिनोफानो भएको हो । जसमा रसियन ओलम्पिक टिमसहित कुल ५७ राष्ट्रले स्वर्ण पदक जितेका छन् । हालसम्म पदक तालिकामा चीनले शीर्ष स्थानमा आफ्नो अग्रता कायमै राखेको हो । चीनले ३२ स्वर्ण पदकसहित कुल ६९ पदक जितेका छन् । दोस्रो स्थानको रहेको अमेरिकाले २४ स्वर्ण पदकसहित कुल ७३ पदक जितेको हो । तेस्रो स्थानमा रहेको जापानले १९ स्वर्णसहित कुल ३६ पदक जितेको हो । अष्ट्रेलिया १४ स्वर्णसहित ३३ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक टिमले १३ स्वर्णसहित कुल ५२ पदक जितेर पाँचौं स्थानमा रहेका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *