संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएका छन् । आज बसेको समितिको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति जयपुरी घतीमगरले १२ सम्म विद्यालय तहको परीक्षा भएको र राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिनुपर्ने हुँदा एसईई खारेज गर्न निर्देशन दिएको जानकारी दिनुभए । समितिले यसअघि पनि एसईई खारेज गर्न निर्देशन दिएको थियो । तर, सरकारले कार्यान्वयन नगरेपछि समितिले फेरि सरकारको ध्यानाकर्षण गराएको हो । २९ जेठ २०७७ मा समितिले एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । आज बैठकले २०७७÷०२÷२९ गतेको एसईई खारेजीको निर्णयलाई कार्यान्वयन गन निर्देशन दिएको छ भने बाल शिक्षकहरूको पारिश्रमिकका सम्बन्धमा पूरा पारिश्रमिक नपाएका शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध गराउने सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण गराएको हो। यस्तै सङ्घीय शिक्षा विधेयक यथाशक्य छिटो संसदमा पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई आग्रह गरेको छ भने मेडिकल कलेजहरूले बढी शुल्क लिइरहेको सम्बन्धमा सत्यतथ्य बुझी समस्या समाधान गर्न पनि बैठकले मन्त्रालयलाई निर्देशन दिएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *