नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको बैठक बुधबार बस्दैहो । मंगलबार बसेको स्थायी कमिटीको बैठकले दशौँ महाधिवेशन आयोजक कमिटि ब्युँताउने निर्णय गरेसँगै त्यसलाई अनुमोदन गर्न मंगलबार बैठक बस्न लागेको हो । बैठकमा बरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई पनि बोलाइएको हो । तर वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायतका ११ जनालाई भने बोलाइएको छैन । ११ जना बाहेक अरु नेतालालाई बैठकमा बोलाईएको भएपनि आफुहरु कोही पनि बैठकमा सहभागि नहुने नेता युवराज ज्ञवालीले बताउनुभए । २०७५ जेठ २ गतेको कमिटी मात्र वैधानिक कमिटी भएकाले आफुहरु अवैधानिक कमिटीको बैठकमा सहभागि नहुने ज्ञवालीको तर्क हो । दशौं महाधिवशेन आयोजक कमिटीलाई सर्वोच्च अदालतले वैधता दिन अस्वीकार गरेपछि संस्थापन पक्षलाई पुरानै केन्द्रीय कमिटी ब्यँताउनुु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको हो । नेकपा एमाले भित्र देखिएको विवाद समाधान गर्न पटक पटक शिर्ष तहका नेताहरुबीच पहल हुँदा समेत समस्या समाधान हुन सकेको छैन ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *