तीन दिनदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बिहीबार पनि बस्दैहो । बैठक ३ बजेपछि सुरु हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभए । ललितपुरको च्यासलस्थित प्रतिष्ठानको कार्यालयमा बैठक बस्नेहो । बैठकमा पार्टी एकता बलियो बनाउने र आगामी दिनमा कसरी पार्टी सङ्गठनलाई सुदृढ बनाउने भन्ने बारेमा नै छलफल हुने उहाँले बताउनुभएका छन । बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्न आफू तत्पर रहेको बताउनुभएको थिए । पार्टीको नीतिविपरीत नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसद्लाई स्पष्टीकरण सोध्ने निर्णयअनुसार उनीहरूलाई हिजो नै पत्र पठाइएको र जवाफ आएपछि थप निर्णय गर्ने एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभए । वरिष्ठ नेता नेपाल पक्षका सांसदहरूको बुधबार बसेको बैठकले भने आफूहरू बिरुद्धका नाराबाजी रोकेर पार्टी एकताको पहल गर्न ओलीलाई अनुरोध गरेका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *