राहुल कुमार सिंह
एनप्यावसन धनुषाको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा अवधेव तिवारी निर्वाचित भएका छन । शनिवार सम्पन्न अधिवेशनबाट एनप्यावसन धनुषाको उपाध्यक्षमा आशिष झा , सचिवमा दिपेन्द्र चौधरी , कोषाध्यक्षमा मनोज कुमार मिश्रा रहेका छन भने सदस्यहरुमा कृष्णा यादव , प्रमोद अग्रवाल , अनिल अग्रवाल , राजु यादव , सचिन सिंह , सुवास ठाकुर , अताबुल अहमद , संतोषलाल कर्ण , मीरा पाण्डेय रहेका छन ।

त्यस्तै एनप्यावसनले समाजिक अभियन्ता दिपक ठाकुर र लोक सेवा आयोगका सदस्य महारुद्र झालाई सम्मानित गरेका छन ।

शनिवार बिहान एनप्यावसन धनुषाले प्रभातफेरि समेत निकालेको छ । जनकपुरको जानकी मन्दिरबाट निस्केको प्रभातफेरि नगरको विभिन्न स्थानको परिक्रमा गरि सम्पन्न भएको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *