– प्रफुल्ल राज घिमिरे
बिश्व बिख्यात पवित्र तिर्थस्थल जनकपुरधाम सनातन धर्मावलम्बीहरुको माझ ठुलो आस्थाको केन्दको रुपमा रहेको छ। ग्रन्थ, शास्त्र एंव धार्मिक साहित्यहरुमा उल्लेख भए अनुसार अस्तित्वमा रहेका जनकपुरधामका गौरवपुर्ण रहेका पौराणिक धार्मिक तलाउ, कुप, नदि ,फुल फुलवारी,बन बगैंचा,मठ मन्दिर,कुटिहरुले गर्दा नै जनकपुर जनकपुरधाम हुन पुग्या हो। जनकपुर धाम लाई चिन्हाउने प्राचीन सम्पदाहरुको रक्षा नगरेर एंव जनकपुरधामलाई चिन्हाउने तत्वहरुको पौराणिकताको आधारमा बिकास निर्माण नगरेर जनकपुरधामको पहिचानलाई नस्ट भ्रष्ट गर्ने मार्गमा स्थानीय सरकार गइरहेको त छैन? कतिपय यहाँका अ्मुल्य पुरातन सम्पदाहरु अतिक्रमणका चपेटामा छन भने कतिपय लुप्त भइसकेका छन।अस्तित्वमा रहेकाहरुको पनि बिकासको नाममा पुरातन स्वरुपहरुलाई परिवर्तन गरिदैछ। प्राचीन सम्पदाहरुलाइ नस्ट गरेर नयाँ संरचना निर्माण गरिदैछ । बिकासका नाममा जनकपुरधामका पौराणिक धार्मिक अस्तित्व एंव पहिचानलाई जानेर हो या अन्जानमा सिध्याउने मार्गमा उन्मुख भएका छन। बिकास हुनुपर्छ । गरिनुपर्छ। तर यहांको पहिचान मेटाएर होईन । धार्मिक ,साँस्कृतिक , पौराणिक सम्पदाहरुलाई, धार्मिक मुल्य मान्यताहरुलाई र यहाँको गरिमालाई भ्रष्ट गरेर होइन । ठुल-ठुला महल, बजार, एंव जहाँतहि प्रतिमा खडा गरेर मात्र बिकास हुने होइन । बिकास गर्दा यस पवित्र धर्तीको गरिमाको रक्षा गर्दै जगत जननी माता श्री जानकीजिको नगरलाई सम्झेर,महर्षी राजा जनकको राजधानी पौराणिक जनकपुरधामको अस्तित्वलाई स्वीकार गर्दै धार्मिक शास्त्र ,साहित्य ,ग्रन्थहरुमा उल्लेख भए अनुसार जानकिजी , जनकजी, एंव ऋषि मुनिहरुका शुभ थलोका रुपमा अध्यात्म संसार संग जोडिने गरेर मास्टर योजना तहत अल्पकालीन दीर्घकालीन योजना अनुरुप प्राचिनता झल्किने गरि यस नगरको बिकास निर्माण गरिनुपर्छ । बिगतमा नगरको मास्टर योजना बनेकै हो । कार्यलयमा हुनुपर्छ ।अझ परिमार्जित गर्नु परेमा विशेषज्ञहरुको सहयोगमा गर्न सकिन्छ । यदि नस्ट भएकै छ भने पनि बनाउन सकिन्छ । हठातको भरमा सरकार एंव संबंधित निकायहरुले ब्यक्तिगत आर्जन तथा राजनीतिक लाभका लागि जनकपुरधामको धार्मिक महत्वलाई बिगार्नु भएन । बनाउने नै हो भने उत्तर तर्फको मार्गमा धनुष द्वार, पश्चिम दक्षिण तर्फको मार्गमा राजर्षी जनक द्वार , पुर्व दक्षिण मार्गमा कलाणेश्वर द्वार , गिरिजा द्वार, दक्षिण तर्फको मार्गमा मृत्खनी द्वार लगायत अन्य द्वारहरुको निर्माण गरिनुपर्छ ।उक्त द्वारहरुका स्तम्भहरुमा दर्शन शास्त्र, उपनिषद् एवं धार्मिक ग्रन्थहरुमा रहेका राजर्षी जनक, यिनका कुल गुरु याज्ञवल्क्य, यिनका पत्नी द्वय मैत्रेयी र कात्यायनि लगायत अन्य ऋषि मुनिका आदर्श उक्तिहरु अङ्कित गरिनुपर्छ । ऋषि मुनिहरुको आश्रम स्थलहरुको पुन: उत्खनन गरिनुपर्छ । यस पवित्र धर्तिमा शास्त्रार्थ गरेका, दर्शन शास्त्रका रचेका , तप ,ध्यान , कर्म गरेका ऋषि मुनि, सिद्ध पुरुष, संत मंह्त तथा जनकपुरधामलाई पुन:अस्तित्वमा ल्याउने सिद्ध संत द्व महात्मा चतुरभुज गिरि र सुरकिशोर दासको प्रतिमाहरु समेत निर्माण गरिनुपर्छ । यहाँ रहेका प्राचीन तलाउ, कुप, नदि ,फुलफुलवारी,बनबगैचा ,मठ मन्दिर,कुटिहरुको रेखदेख संहार गर्दै ठुलठुला स्त्मभहरुमा यिनिहरुको धार्मिक महत्वका बारेमा संस्कृत एंव अन्य भाषामा लेखिनु पर्छ । नगरका पवित्र नदि द्व जलाधी र दुधमतीको जिर्णोद्धार गर्दै नदिका दुबै किनारामा विभिन्न प्रकारका फलफुल,बट बृक्षका बिरुवाहरु लगाएर ध्यान केन्द्रका रुपमा बिकास गरिनुपर्छ । नदिमा घाट निर्माण गरेर ठुला स्तम्भमा जनकपुरधाम के हो ? संस्कृतमा लेखिनु पर्छ। यस्ता यस्ता अनेकौं प्राचीन गौरव बोकि राख्ने वस्तुको रक्षा गर्दै धार्मिक शास्त्रका आधार मा जनकपुर धामलाई चिन्हाउने तत्वहरुको बिकास गरिनुपर्छ , लोप भएकाहरूलाई उत्खनन गरिनुपर्छ , अतिक्रमणका चपेटामा परेकाहरूलाई मुक्त गराउनु पर्छ। एक पल्ट पुन सोचौं । जगत जननी माता श्री जानकिजिको नगरलाई सम्झेर । राजर्षी महर्षी जनकको राजधानी जनकपुरधामको पौराणिक महत्वलाई बुझेर अनि यश गौरव पुर्ण पवित्र धर्तिमा बिश्वका ६ दर्शन शास्त्रमा ४ दर्शन शास्त्र रचना गरेका ऋषि मुनिहरुका अस्तित्वलाई स्विकारेर प्राचीनता झल्काउने गरि धार्मिक अध्यात्मिक शहरको रुपमा जनकपुरधामको पहिचान बनाउने मार्गमा अगाडि बढने हो कि ?
यस बाहेक पनि कागजमा मात्र सिमित रहेका आम नागरिकको जिवनमा सेवा सुबिधा दिने साना तिना थुप्रै बिकासका कार्यहरू गर्न बाँकी नै छ। स्थायी तरकारी ,माछा मासु , फलफुल बजार , पशु बधशाला , ब्यब्स्थित कृषि बजार ,चर्को मुल्य वृद्धि नियन्त्रण , अखाद्य वस्तु नियन्त्रण , कालो बजारी नियन्त्रण , लामखुट्टे ,छाडा चौपाया नियन्त्रण , छाडा कुकुरहरुको बन्ध्याकरण गरेर नियन्त्रण, ई रिक्साको दररेट र ब्यब्स्थापन, साना रुटका ब्यबस्थित बस पार्क , पार्किङ स्थल, ट्राफिक ब्यब्स्थापन, बिजुली बत्ति ,खानेपानी , सरसफाइ , उप नगर पालिका भित्र सप्ताहिक बजार लाग्ने श्री रामजानकी पेठिया बजार, कुर्था, ओसरा लगायतका अन्य बजारहरुमा कृषि सेड,बिजुली,पानी,सौचालय लगायतका ब्यब्स्थापन, सम्मानित जेष्ठ नागरिक ,एकल महिलाहरुलाई समयमा नै राहत बितरण, शिक्षा ,स्वास्थ , कृषि बिजुली ,सिचाइ ,मल बिउ , सीप मुलक तालीमहरु,सुबिधा सम्पन्न चिल्ड्रेन पार्क ,सहिद पार्क , पिकनिक स्थल,जेष्ठ नागरिक कल्ब, कला संस्कृति केन्द्र , संघ्रालय र दलित , जनजाति, मुस्लिम, महिला , बालबालिका , खेलाडी लगायतका अन्य बर्ग समुदायका लागि यस्ता यस्ता थुप्रै थुप्रै योजनाहरु होलान नै । ब्यक्तिगत आय आर्जन एंव राजनीतिक स्वार्थ पुर्तिकालागी थुप्रै थुप्रै बाटा घाटा, सडक नाला , लगायतका योजनाहरुवाट नै ब्यबस्थापन गर्न सकिन्छ होला ।अन्यत्रबाट बसपार्क , पोखरीहरुको सौन्द्र्यिकरण, फोहोर मैला ब्यब्स्थापन लगायतका अन्य योजनाहरुका लागि आएका ठुल ठुला रकमहरु हामीले फृज गराइएकै हौं । Sanitary Landfill Side का लागि गुठी संस्थान र उप महानगर पालिका बिच मिति २०७३ फागुन २० गते वार्षिक ४,०५,२९३/ का दरले भाडा बुझाउने गरि १२-१०-१६-० जग्गाका लागी सहमति भएकै थियोे । तर ब्यक्तिगत एंव राजनीति स्वार्थले गर्दा रकमलाई फृज गराइएकै हो। यसर्थ सम्पुर्ण निर्वाचित जनप्रतिनिधि, संबंधित निकाय तथा सम्पुर्ण नगर वासि एकजुट भएर ब्यक्तिगत एंव राजनीतिक स्वार्थ भन्दा माथी उभेर पौराणिक जनकपुर धामको गरिमा एंव धार्मिक मुल्य मान्यताहरुलाई कायम गर्दै अध्यात्मिक शहरको रुपमा बिकास निर्माण गर्ने मार्गमा अग्रसर हुने हो कि ? अस्तु:pg.

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *