चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमको सञ्चालन आय १ अर्ब १३ करोड रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७र७८ को पहिलो त्रैमासको तुलनामा आय एक अर्बले बढेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा टेलिकमले ८ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरेको थियो । जुन, यो वर्षको पहिलो त्रैमासमा ९ अर्ब ७७ करोड रुपैयाँमा पुगेको हो ।
यस्तै, कम्पनीको गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० अर्ब १० करोड कुल आय थियो । जुन, ८४ करोडले बढेर यो वर्षको पहिलो त्रैमासमा १० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यसका साथै, यस अवधिमा कम्पनीको खुद मुनाफा ७४ करोडले बढेको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ५१ करोड मुनाफा आर्जन गरेको थियो । यो वर्ष कम्पनीले २ अर्ब २५ करोड मुनाफा आर्जन गरेको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *