काठमाडौं

आज विहानै २ पटक भूकम्प गएको छ । विहान ६ः३० मा धादिङको नौविसे केन्द्र भएर ५।२ रेक्टरको भूकम्प गएको लगत्तै किर्तिपुर केन्द्र भएर ४।७ रेक्टरको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत देशभर नै महसुस गरिएको थियो । विहानै गएको यस भुकम्पले के कति क्षति पुगेको छ भन्ने बारेमा विस्तृत जानकारी आउन बाँकी छ ।

०७२ बैशाख १२ को विनासकारी भुकम्पपछि सानातिना पराकम्प आउने क्रम रोकिएका छैनन् । आजको भुकम्प पनि ०७२ कै पराकम्प भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पपछि सर्वसाधारण त्रसित भएर घरबाहिर निस्किएका छन् ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *