जनकपुरधाम उपमहानगरपालिका वडा नं. १५ कुवामा मकर संक्रान्तिको अवसरमा बुधवार एक होटलको शुभारम्भ गरिएको छ । नेपाली कांग्रेस जनकपुरधाम नगर सभापति एवम जनकपुरधाम उपमहानगरपालिका नगर प्रमुखका प्रत्यासी मनोज साहले जनकपुर ताज होटलको एक कार्यक्रमका बिच उदघाटन गरेका हुन । होटल उदघाटन गर्दै सभापति साहले उपभोता हितलाई ध्यानमा राखी सेवा प्रवाह गर्न होटल संचालनलाई आग्रह गरेका छन । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र संचालनमा रहेको होटलहरु नफामुखी भन्दा पनि सेवामुखी हुनुपर्नेमा उनले जोड दिएका छन । स्थानीय रामबाबु साहले संचालनमा ल्याएको उतm होटल सो क्षेत्रको ग्राहकको मांग अनुसार अगाडि बढने अपेक्षा लिईएको छ । कार्यक्रममा निर्माण व्यवसायी संघ धनुषाका उपाध्यक्ष रामदुलार साह , युवा नेता अशोक चौधरी , पुर्व वडाध्यक्ष रामचन्द्र साह सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *