उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव र नेपालका लागि लिथुवानियाका गैरआवासीय राजदुत जुलियस प्रिनिभियस र नेपालका लागि कुवेतका गैरआवासीय राजदुत जेसिम इब्राहिम सँग मंगलवार छुट्टाछुट्टै भेटघाट गर्नुभएको छ । मन्त्री यादवले राजदुतद्वयसँग मन्त्रालयमै भेटघाट गर्नुभएको हो ।
भेटघाटमा मन्त्री यादवले राजनीतिक स्थायित्वका साथै नेपालमा गर्न सकिने लगानीका क्षेत्रहरुको बारेमा कुराकानी गर्नुभएको थियो । भेटघाटको अवसरमा मन्त्री यादवले नेपालमा लगानीमैत्री नीति, कानुन तथा वातावरण भएको बताउदै दुई ठुला अर्थतन्त्र बीच नेपाल रहेकोले बजारको समेत ठुलो सम्भावना भएको बताउनु । नेपालमा अहिले दुई तिहाइको स्थिर सरकार रहेकोले लगानीको लागि उचित राजनीतिक वातावरण भएको बताउदै सुखी नेपाली समृद्ध नेपाल लक्ष्य लिएको सरकारले विदेशी लगानीलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भयो ।
नेपालका चिया, कफी, अदुवा, अलैँची, गलैँचा र कार्पेट, जड़ीबुट्टी, पश्मिनार घरेलु हस्तकलाका सामानहरु निर्यातको लागि आवश्यक पहल गर्न पनि राजदुतहरुलाई आग्रह गर्दै मन्त्री यादवले नेपालबाट उच्च हिमाली क्षेत्रको सफा पानी निर्यात गर्न सकिने र त्यसमा लगानीको लागि आफ्ना देशका नीजि क्षेत्रलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आफ्नो देशका नागरिकहरुलाइ पर्यटकको रुपमा नेपाल भ्रमणमा पठाउन समेत मन्त्री यादवले दुबै देशका राजदुतहरुलाई आग्रह गर्नुभयो ।
जवाफमा राजदुतहरुले लगानीको लागि उचित समय भएको र यस सम्बन्धमा नीजि क्षेत्रबीचको सम्बन्धमा काम गर्न उचित हुने कुरा बताउनु भयो । कुवेती राजदुतले कुवेत लगानी प्राधिकरण मार्फत नाफाजन्य परियोजनामा लगानी गर्न सकिने बताउदै कुवेती फण्ड मार्फत नरम लोनको क्षेत्रमा काम गर्न सकिने बताउनु भयो । कुवेती फण्ड मार्फत लगानी हँुदा परियोजना राम्रो भएमा लगानीको कुनै सिमा नहुने समेत बताउनु भयो । नेपालबाट दक्ष कामदारहरुलाई हाइड्रोपावर र तेल क्षेत्रमा लैजान सकिने बताउनु भयो ।
लिथुवानियाका राजदुतले लिथुवानियामा पानी उद्योगमा काम गर्ने ठुला उद्योग भएकोले यस सम्बन्धमा काम गर्न सकिने बताउदै अरु सहकार्य र सहयोगका क्षेत्र पहिलाउन पनि आवश्यक हुने बताउनु भयो ।
मन्त्रि यादवले दुबै देशका राजदुतहरुसँग नेपालमा स्थायी राजदुतावास खोल्न सकेमा थुप्रै सहयोगका क्षेत्रमा काम गर्न सकिने बताउनु भयो । जवाफमा राजदुतहरुले नेपालमा राजदुतावास खोल्न पहल गर्ने बताउदै दुवै राजदुतहरुले आफ्नो मुलुकको भ्रमणका लागि मन्त्री यादवलाई आग्रह समेत गर्नुभयो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *