बाराको सिमरास्थित जगदम्बा स्टिल ईण्डस्ट्रिजमा आलागी हुँदा त्यहाँ कार्यरत दुई मजदुरको मृत्यु भएको हो । अन्य चार जना घाईते भएको प्रहरीले जनाएको हो । भारत विहार पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको छ । ६ जना मजदुरले वेल्डीङको काम गरिहेका बेला अचानक आगलागी हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभए ।

घाइते भएकामध्ये दुई जनालाई उपचारका लागि काठमाण्डौँ पठाइएको हो । एक जनाको वीरगञ्जस्थित वयोधा अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएका छन् । अर्का एक जना सामान्य उपचारपछी घर र्फिर्कएको प्रहरीले बताएका छन् । गएराति करिब ८ बजे उद्योगमा रहेको फर्निस आयलको ट्याङ्की वेल्डीङ गर्ने क्रममा आगलागी भएको उद्योग प्रशासनले जनाएको हो

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *