शिक्षा क्षेत्रमा आफनो छुटटै स्थान बनाउन सफल जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयलाई उत्कृष्ट अवार्डबाट सम्मानित गरिएको छ । दुबईस्थित अमिटी विश्वविद्यालयमा गत सोमबार आयोजित अन्तर्रा्ष्ट्रिय अवार्ड समारोहमा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयले “बेष्ट स्कूल प्रोमोटिङ्ग एक्स्ट्रा करिकुलर एक्टिभीटी इन्टरनेशनल स्कुल अवार्ड(२०१९” प्राप्त गरेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सल्लाहकार डा.दीपक बोहरा र अफगानिस्तानका डा.अताउल्लाह वाहिद्यारले मोनाष्टिक स्कुलका म्यानेजिङ्ग डाईरेक्टर डा.सोनु कुमारलाई अवार्ड हस्तान्तरण गरेका छन् । जनकपुरधाममा मात्र नभई नेपालको शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएकोमा मोनाष्टिकले अन्तर्रा्ष्ट्रिय स्कुल अवार्ड हात पारेको डा.सोनुले बताए । उनले भने,”यो अवार्डले मोनाष्टिक स्कुलको उचाइ त थपिएकै छ,साथै देशमा गुणस्तरीय शिक्षा दिन्छ भन्ने सन्देश पनि प्रवाह भएको छ।”उनले मोनाष्टिक स्कुल मात्र नभई नेपालका हरेक स्कुल यस्ता अवार्ड पाउन दाबी गर्नसक्ने बन्नुपर्ने बताए । अवार्ड समारोहमा नेपाल,भारत,श्रीलङ्का,यूएई,चीन,ताइवान, बङ्गलादेश,पाकिस्तान लगायतका देशहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *