कुनै पनि समुदायको पर्व भाषा, धर्म, कला ,संस्कृति तथा रितिरिवाजको सभ्यता र सम्पन्नताका सुचक हुन।यस पर्वले बहुजाती ,बहु भाषा , बहु धर्म , बहु संस्कृति आदिले विविधतायुक्त हाम्रो प्रदेश लगायत सम्पुर्ण देशलाई एकताको शुत्रमा आबद्ध गरि विविधता बीच एकता , धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पुग्ने समाजमा विश्वास छ।यसैबीच कोरोना भाईरस कोभिड -१९ महामारीको संक्रमणकालिन यस अवस्थामा सम्पुर्ण समाजलाई प्रभाव परेको छ ।यसको साथै समाजमा रहेको गरीब मजदुर अति विपन्न परिवारहरु लाई त झन बढी समस्या भएको छ । दैनिकी जिविकोपार्जनको लागि यस्तो बेला सरकार देखि लिएर समाजिक युवा संघ संस्था सबैले मिलेर ती गरिब विपन्न मजदुरहरु अत्यावश्यक सहयोगहरु गरि रहेका छन् । यसै बीच ईद उल जोहा को अवसरमा जनकपुर उपमहानगरपालिका केहि युवाहरूले गरिब परिवारलाई आवश्यक राहत समाग्री उपलब्ध गराई सहयोग गरेका छ्न।जनकपुर ज.न.उ.पा वडा न: १ र जोगियारा बिदेह नगरपालिका वाड न:७ मा दैनिक ज्यालादारीमा काम गर्ने घरपरिवारलाई ईद उल जोहा लाई मध्यनजर गरि उनको घरमै बिशेस राहत पुर्‍याइ दिएका छन ।यस समाजिक कार्यमा जनकपुरधाम उप माहानगर पालिका वडा न:१ मा बस्ने फिरोज खान सहयोग गर्नुभएको जानकारी प्राप्त भएको छ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *