गएराति भएको इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको हो । इराकको बसरामा भएको खेलको सातौँ मिनेटमा घरेलु टिमले अग्रता लिएको थिहोे । उसका लागि कप्तान अली अब्दुल जहर खासिनले फ्रिकिकमा उत्कृष्ट गोल गर्नुभए । एक मिनेट नबित्दै नेपालले बराबरी गोल फर्काए । आठौं मिनेटमा अन्जन विष्टको प्रहार क्लियर गर्ने क्रममा इराकका अब्राहम खलाफले आफ्नै पोस्टमा गोल गर्नुभए ।

खेलको ३० औं मिनेटमा डेब्यू खेलाडी मनिष डाँगीको गोलमा नेपालले खेलमा अग्रता लिए । ४० मिनेटसम्म २–१ ले अग्रता लिएको नेपालले त्यसपछि पहिलो हाफमा तीन गोल खाएको थिए । ७४ मिनेट पुग्दा इराकका खेलाडी सज्जदा जसमिले डिबक्सबाट उत्कृष्ट गोल गर्दै इराकको अग्रता ६–२ मा पु¥याउनुभएको थिए । नेपालले आगामी साता कुवेत हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटको तयारीका लागि इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो । अब नेपाल छनोट प्रतियोगिता खेल्न कुवेत प्रस्थान गर्नेछ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *