इन्डोनेशियामा कोरोना महामारीका कारण अवस्था बिग्रिदै गएको हो । इन्डोनेशियाका विभिन्न सहरहरुमा कोरोना महामारीको दरले फेरि तिव्रता पाएपछि कडाई गरिएको हो । कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना हुने बिरामीहरुको संख्या बढ्न थालेपछि अक्सिजन अभाव हुन थालेका हो । जसलाई ध्यानमा राखेर सरकारले मेडिकल अक्सिजन उत्पादनलाई प्राथमिकता दिन सबैलाई आग्रह गरेको हो । हालसम्म इन्डोनेशियामा अक्सिजन अभावका कारण ६३ जनाको मृत्यु भइसकेकोे छ । इन्डोनेशियामा पछिल्लो समय दैनिक औसतमा २५ हजारका दरले सङ्क्रमित थपिन थालेका छन् । दक्षिण–पूर्व एशियामा कोभिडको प्रकोप सबैभन्दा बढी इन्डोनेशियामा परेको हो । जहाँ हालसम्म २३ लाख मानिसहरु कोरोनाका कारण सङ्क्रमित भइसकेका छन् भने ६० हजारभन्दा बढीको मृत्यु भइसकेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *