जेठ २१
नेपाली कांग्रेस जनकपुरधाम नगरकमिटि अध्यक्ष मनोज कुमार साहले मुस्लिम धर्मावलम्वीहरुको पर्व इद अल–फित्रको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका सम्पुर्ण मुस्लिम समुदायमा शुभकामना व्यतm गरेका छन ।
अध्यक्ष साहले ईदको शुभकामना दिदै यस पर्वले भाईचारा , आत्मीयता बढोस कामना गरेको छ ।
मुस्लिम समुदायका ईदुल फित्र अरबी पात्रोको नवौं महिना रमजानका २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाईन्छ । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र वसोवास गर्ने मुस्लिम समुदायले आज इद अल फितर धूमधामका साथ मनाउने गरेका छन ।


हिजरि सम्वत् अनुसार उदर्भ महिनामा १ महिनासम्म मनाइने यो प्रमुख चाड हो । एक महिनासम्म सुर्य अस्ताउन्जेल पूर्णरुप उपवास (व्रत) बस्ने र अर्को महिनाको शुरूको दिन चन्द्रमाको दर्शन गरेपछी खाने चलन छ । ईदका दिन नव वर्षको शुभकामना स्वरूप ईद मुवारकको आदानप्रदान गरिन्छ ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *