जेठ २१
मुस्लिम धर्मावलम्वीहरुको पर्व इद -उल–फित्रको अवसरमा विभिन्न किसिमका खाद्य सामग्री वितरण गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ का मुस्लिम धर्मावलम्वीहरुलाई सोही वडाका वडाध्यक्ष शिवकुमार साहले मंगलवार आफनो व्यतिmगत तर्फबाट खाद्य सामग्री वितरण गरेको हो । साहले वडाको शिवचोकदेखि भानुचोकका एक सयभन्दा बढि रोजा राखेका ईस्लाम धर्मावलम्वीहरुलाई आँप , स्याउ , फ्रुटी , जलेबी , रसभरी , पेडा , बरफी सहितका खाद्यय समाग्री वितरण गरेका हुन । वडाध्यक्ष साहले ईदको शुभकामना दिदै यस पर्वले भाईचारा , आत्मीयता बढोस कामना गरेको छ ।


महिनाभरको कठिन ब्रत पछि मिष्टान्न भोजन गरी पर्वको अन्त्य गरिन्छ । मुस्लिम समुदायका ईदुल फित्र अरबी पात्रोको नवौं महिना रमजानका २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाइन्छ । नेपालमा वसोवास गर्ने मुस्लिम समुदायले आज इद अल फितर धूमधामका साथ मनाउँदैछन् ।
हिजरिसम्वत् अनुसार उदर्भ महिनामा १ महिनासम्म मनाइने यो प्रमुख चाड हो । एक महिनासम्म सुर्य अस्ताउन्जेल पूर्णरुप उपवास (व्रत) बस्ने र अर्को महिनाको शुरूको दिन चन्द्रमाको दर्शन गरेपछी खाने चलन छ । ईदका दिन नव वर्षको शुभकामना स्वरूप ईद मुवारकको आदानप्रदान गरिन्छ ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *